जापान । बझाङ्गी समाज जापान को अध्यक्षमा रमेश थापा (खप्तड छान्ना गा.पा )चयन भएका छन् । बझाङ्गी समाजले आयोजना गरेको दशैँको शुभकामना आदानप्रदान कार्यक्रमको अवशर पारी बझाङ्गी समाजलाई संसारकै पहिलो केन्दिय संगठन जापानको टोकियो सहरमा निर्माण गरिएको कुरा अध्यक्ष रमेश थापाले जानकारी गर्नु भएको छ । जस्मा ११ सदस्यीय कमिटीको निर्माण गरेका छन ।

उपाध्यक्षमा प्रकास जंग सिंह ( जयपृथ्वी न .पा) महासचिवमा जनक राज मण्डेल (छबिसपाथीभार गा.पा ) सचिवमा चादनी महर(जयपृथ्वी न.पा) कोषाध्यक्षमा सृजना महर कठायत (खप्तड छान्ना गा.पा ) तथा सदश्यहरुमा लक्ष्मी भण्डारी ( केदारस्यु गा.पा ) सूर्य प्रकास उपाध्यय ( थलारा गा.पा ) प्रवेश धामी (साईपाल गा.पा ) प्रकाश कठायत (मस्टा गा.पा) जय ब. सिंह ( जयपृथ्वी न .पा) उरमिला सार्कि (छबिस पाथीभरा) बिबेक थापा (खप्तड छान्ना गा.पा ) चयन भएका छन् । भने सल्लाहकार समितिमा विष्णु रसाईली प्रभु रोकाया (जिमाल) सिद्धराज कठायत महेश रावल चयन हुनु भएको छ ।
हाम्रो बझाङ्ग राम्रो बझाङ्ग को मुल नाराकासाथ भब्य समाहरोमा अर्गज तथा सल्लाहाकार प्रभु रोकाया ज्यू बाट दशैको टिका तथा आर्शिवाद ग्रहण का साथै बझाङ्गी समाज हरेक राम्रो कुरामा सधैभरी साथ सहयोग सल्लाह सुझाब रहने कुरा बताउनु भयो ।






