खेलाडी खेलाडी बिच विबाद हुँदा धनगढीमा जारी भलिबलका खेल स्थगित भएका छन । सेमिफाइनलको दोस्रो सेट देखि विवाद सृजना भएको एकजना भलिबल प्रशिक्षकले जानकारी दिए ।

यहि माघ २७ गते परराष्ट्र मन्त्री डा।आरजु राणा देउवाले १० औँ राष्ट्रिय प्रदेश छनौट प्रतियोगिताको उद्घाटन गरेकी थिईन । छनोट प्रतियोगिता अन्तरगत धनगढी रंगशालामा २८ गते देखी खेल सुरु भएका थिए । भलिबल खेल पनि २८ गते बाटै नै सुरु भएको थियो । एक जना खेलाडीका अनुसार हरेक दिन विबादित बन्दै गएको खेल सेमि फाएनलमा आएर स्थगित भएको हो । भलिबल प्रशिक्षकका अनुसार प्रदेश खेलकुद परिषद्ले अर्को सुचना जारी नभए सम्मका लागि भलिवल खेल सुचारु नहुने जानकारी गराएको छ ।
भलिवल अन्तरगत महिला पुरुष दुवैको खेलमा विबाद भएको थियो । महिलामा दार्चुला र कैलाली हो भने पुरुषमा डोटी र डडेलल्धुराको विबाद भएको थियो ।
प्रतियोगितामा सुदूरपश्चिमका नौ वटै जिल्लाका २८ सय खेलाडीको सहभागिता रहेको छ । १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागी सुदूरपश्चिम प्रदेशबाट ७ सय ७८ जना खेलाडी छनौट गरिने छन् । छनौट प्रतियोगिताका अन्य खेलहरू धनगढी र महेन्द्रनगरमा सञ्चालन भइरहेका छन् । छनौट भएका खेलाडीहरूले विभिन्न ६१ विधाको खेलमा सहभागिता गराइने छ । १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशको सुर्खेतमा आगामी चैत्र २३ गतेदेखि सुरु हुने छ ।






