केदारस्युँ गाउँपालिका-६ मा आज बिहिवार निःशुल्क आँखा उपचार शिविर सञ्चालन गरिएको छ । केदारस्युँ गाउँपालिकाको आयोजना र प्रगतिशील युवा समाजको सहकार्यमा निःशुल्क सेवा प्रदान गरिएको हो ।

शिविर केदारस्युँ गाउँपालिका -६ थापा गाउँमा सञ्चालन गरिएको हो । जसमा केदारस्युँ- ६ का त्याडी गाउँ, बिनाडा, भाटसैन, थापागाउँ र गाँजरी क्षेत्रका स्थानीय वृद्ध वृद्धालगायत ६३ जनाले आँखा उपचार सेवा लिएका छन् । आँखा परीक्षणका क्रममा ३५ जनालाई चश्माको आवश्यकता देखिएको छ भने ४ जनामा शल्यक्रिया गर्नु पर्ने देखियकाे छ।
केदारस्युँ गाउँपालिकाका MIS अप्रेटर धनराम बाेहराले नागरिकलाई पहुँचयोग्य र गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्य रहेको बताए । दुर्गम क्षेत्रका नागरिकलाई प्राथमिकतामा राखी नजिकैबाट सेवा उपलब्ध गराउन पालिकाका दुई वडामा शिविर सञ्चालन गरिएको हो । ,” उनले भने । शल्यक्रियाको लागि चैत्र महिनामा पुनःशिविर सञ्चालन गरिने आँखा उपचार केन्द्र केदारस्युँकी प्रमुख उमा चौधरीले बताईन ।
वडाध्यक्ष जयबहादुर धामीले आँखा शिविरको प्रशंसा गरेका छन् । स्वास्थ्य सुविधाको अभाव रहेका स्थानमा यसले ठूलो सहयोग पुर्याएको धामीले बताए ।
आफ्नै गाउँमा आँखाको चेकजाँच तथा उपचार गर्न पाउँदा स्थानीय नागरिक खुशी भएका छन् । सुक्रवार शिविर केदारस्युँ गाउँपालिका वडा नं. ८, टुँडिखेलमा सञ्चालन गरिनेछ।






