बझाङमा सडकमाथिबाट खसेको पहिरोका कारण अवरुद्ध भएको जयपृथ्वी राजमार्ग खुलाइएको छ।

गए रातिदेखि परेको अविरल वर्षाका कारण जयपृथ्वी नगरपालिका-७, तमैल बजार नजिकै पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको थियो। उक्त पहिरो हटाएर राजमार्ग सुचारु गरिएको छ।
बिसपाथिभेरा गाउँपालिका-१ का अध्यक्ष करनजंग बहादुर सिंहका अनुसार जयपृथ्वी नगरपालिकाको जेसिबी प्रयोग गरी राजमार्ग खुलाइएको हो। राजमार्ग अवरुद्ध हुँदा सवारी साधन रोकिएका थिए भने यात्रुहरू अलपत्र परेका थिए।
हाल राजमार्ग खुलेपछि रोकिएका सवारी साधनहरू गन्तव्यतर्फ लागेका छन्, जसले यात्रुहरूलाई सहज भएको छ।






