जगदीश राेकाया बझाङ : गाँउघरका सार्वजनिक कामकाजहरु महिलाहरुले अगुवाइ गर्न सक्दैनन् भन्ने मान्यता अहिले हटाउदै गएको छ । जिल्लाका धेरै जस्तो गाँउ ठाँउमा अहिले महिलाहरु नै उपभोक्ता समितिका अध्यक्ष भएर विकास र्निमाणका योजना लगायत अन्य कामहरु राम्रो गरि सम्पन्न गरेकी छन् । महिलाहरुले अगुुवाइ गरेका चाहे योजनाहरुका काम होस चाहे अन्य संघ सस्था अफिस निकाय र राजनितिक नेतृत्वमा पनि पुरुषहरु भन्दा पारर्दशिता जिम्मेवारीता र गुणस्तरको काम हुने गरेको सर्वसाधारणको बुझाइ रहेको छ । खप्तडखान्ना गाँउपालीका वडा नम्वर ६ मल्लो पुजारी गाँउका महिलाहरुले पनि गाँउमा यस्तै एक उदाहरणीय काम गरेकी छन् । त्यहाँकी महिला अगुवा पाटकला खड्काले प्रतिनिधि सभा सदस्य माननिय भानुभक्त जोशी संग समन्वय पहल गरि केन्द्र वाट नै सानो योजना ५ लाख हाल्न लगाएकी रहेछन् ।
दाउरा घाँस ल्याउदाँ बाटो चिप्लो भएर महिलाहरु लड्ने गरेका हुदाँ बाटो सुधारको योजना माग गरेको उनले भनिन् । समितिकी अध्यक्ष पनि महिला लगायत अन्य सदस्यहरु पनि महिला रहेको यस योजना वाट २ सय २० मिटर बाटो पिसीसी गर्नु पर्ने भएपनि महिलाहरुले ३ सय मिटर बाटो पिसीसी गरेकी छन् । दिएको काम भन्दा थप गरेको उनले वताइन् । यस पाली महिलाहरुले अगुुवाइ गरेका योजना त खासै कमै छन् खप्तड छान्ना गाँउपालीका योजना शाखाका कर्मचारी लक्ष्मीराज जोशीले भने तर महिलाहरुले अगुवाइ गरेका योजनाहरुमा खासै गुनासो हुदैन । मल्लो पुुजारी गाँउको रोटे सिड्रे बाटो पिसिसि पनि त्यहाँका महिलाहरुले सानो बजेटमा धेरै राम्रो कामगरेको उनले प्रशंसा गरेर । त्यहाँका महिलाहरुको यो काम प्रति त्यहाँका गाँउका अन्य वासिन्दाहरु पनि खुशी छन् ।
पालीका अनुगमन सदस्य तथा वडा नम्वर ३ की वडा अध्यक्ष गौरी रावलले पनि पुरुषहरुले नेतृत्व लिएका भन्दा महिलाहरुले जिम्मा लिएका योजना लगायत अन्य कामहरु पारर्दशिक गुुणस्तर र प्रभावकारी हुने गरेको अनुभव सुनाइन । पाटादेवल मल्लो पुजारी गाँउका महिलाहरुको एकता काम गर्ने इच्छा शक्तिले गाँउका अन्य यस्ता सार्वजनिक कामहरुको महिलाहरु लाइ जिम्मा दिए राम्रो संग गर्न सक्छन् उदारण देखीएको छ । महिलाहरुमा पनि काम गर्ने उत्साह देखीन्छ । जिल्लाका अन्य गाँउठाँउमा पनि महिलाहरुको पहलमा यस्ता योजना लगायत समाज सुधारका धेरै राम्रा कामहरु भइ रहेका छन् ।







