साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ । यही जेठ १६ गते दिउँसो करिब १२:३० बजेतिर रुखबाट लडेर घाइते भएका स्थानीय सुनबहादुर रोकायाको स्थानीय स्वास्थ्य अवस्था गम्भीर देखिएपछि आज दिउँसो ३:५५ बजे नेपाली सेनाको हेलिकप्टरमार्फत उहाँलाई थप उपचारका लागि कोहोलपुर मेडिकल कलेज लगिएको हो ।
घाइतेको तत्काल उपचार आवश्यक देखिएपछि साईपाल गाउँपालिकाले नेपाली सेनाको हेलिकप्टर बोलाएको हो । यस्तै उक्त हेलिकप्टरमा उनीसँगै साईपाल–५ बलौडीकी दीर्घरोगी महिला चैती बोहराको समेत उद्धार गरिएको छ ।
लामो समयदेखि उपचार अभावमा छट्पटाइरहेकी उनलाई पनि गाउँपालिकाले सोही हेलिकप्टरमार्फत उपचारको व्यवस्था मिलाएको गाउँपालिका अध्यक्ष मानबिर बोहराले बनताउनुभयो ।







