केदारस्यूँ गाउँपालिका वडा नं -६ निवासी तथा मष्टा गाउँपालिकाका लेखा अधिकृत गगन गुरुधामीले बाह्रदेउ क्याम्पसको समग्र विकासका लागि ठुलो रकम सहयोग प्रदान गरेका छन्। क्याम्पसप्रति विशेष माया र आत्मीयता व्यक्त गर्दै रु १,११,१११ (अक्षरुपी एक लाख एघार हजार एक सय एघार) रुपैयाँ क्याम्पसको खातामा जम्मा गरेका हुन्।

क्याम्पस परिवारले गुरुधामीले गरेको सहयोगलाई उच्च सम्मानका साथ प्रशंसा गर्दै क्याम्पसको विशिष्ट सदस्यका रूपमा स्वागत तथा बधाई व्यक्त गरेको छ। क्याम्पस परिवारले उनको योगदानले शैक्षिक सदृढीकरण, पूर्वाधार विस्तार तथा दीर्घकालीन विकासमा प्रेरणा मिल्ने विश्वास व्यक्त गरेको छ।
क्याम्पस प्रशासनका अनुसार, “गगन गुरुधामीज्यूको नेतृत्व र सद्भावले क्याम्पस विकासका लागि सहयोग संकलन अभियानलाई थप प्रभावकारी बनाएको छ। उहाँजस्ता सहयोगी हातहरूको साथ पाए बाह्रदेउ क्याम्पसले नयाँ उपलब्धि हासिल गर्दै अघि बढ्नेछ।”
गुरुधामीको पेशागत सफलताको कामना गर्दै क्याम्पस परिवारले उहाँ र उहाँको परिवारमा सुख, शान्ति, समृद्धि र उहाँले गरेको महान योगदानप्रति हार्दिक आभार व्यक्त गरेको छ।






