केदारस्युँ गाउँपालिका -८ मा एक दिने एकीकृत प्रजनन स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
केदारस्युँ गाउँपालिका वडा नं ८ लोतु सामुदायिक स्वास्थ इकाई टुडिखेलमा सुक्र बार भएको एकीकृत प्रजनन स्वास्थ्य शिविरमा ६० जना महिलाले सेवा लिएका छन् ।
केदारस्युँ गाउँपालिकाको सहयोग र FPAN , UNFPA को साझेदारीमा एकीकृत प्रजनन स्वास्थ्य शिविर सञ्चालन गरिएको सामुदायिक स्वास्थ ईकाई प्रमुख नरेश बाेहराले जानकारी दिनुभयो ।
VIA परीक्षण “गर्भाशय मुख क्यान्सर स्क्रिनिङ “गरिएका मध्ये
४ जना VIA पोजेटिभ ५६ जना VIA नेगेटिभ रिपोर्ट आएको सामुदायिक स्वास्थ ईकाई प्रमुख बाेहराले जानकारी दिएका छन्।
स्वास्थ्य इकाईका अनुसार पोजेटिभ देखिएका ४ जना मध्य एक जना महिलालाई थप परामर्श तथा आवश्यक उपचार लागि अन्य स्वास्थ्य संस्थामा रिफर गरिएको छ।
यस्ता कार्यक्रमले दुर्गम क्षेत्रका महिलाहरूलाई स्वास्थ्य सेवा पहुँच वृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको स्थानीयले बताएका छन्।







